ढोरपाटन फोक्सुण्डो जुम्ला घुमघाम

 वेनीमा पुगेपछि अलमलमा परियो जोमसोम हँदै डोल्पा जाने कि ढोरपाटन  हँुदै जाने। एकतिरवाट जाँदा अर्के ठाँउ छोडिनु त स्वभाविक नै थियो। आखिर फोक्सुन्डो ताल पुग्नु थियो तर, जाने धेरै वैकल्पिक वाटो हुनाले र यसका आ आफ्नै विशेषता भएो कारणले अथवा एकैचोटीमा धेरै ठाँउ पनि घुम्न नसक्ने हुनाले एकछिन त अलमलमा परियो। एकजना स्थानीयलाई सोध्यौ , डोल्पा जान लागेको कुन वाटो जाने होला ....उहाँले ढोरपाटन हुँदै जाने सल्लाहा दिएकोले, हाम्रो अलमलिएको र दोधारे पन शान्त भयो। 

ढोरपाटन फागुने लेक हुँदै फोक्सुण्डो ताल.... त्रिपुराश्वरी दर्शन गरी काई गाँउ हुँदै जुम्ला 

त्यतिवेला Peter Methieson को  'The Snow Leopard' पढेको थिँई वा थिँइन एकिन भएन तर क्याराभान(Caravan) फिल्म को वारेमा केहि सुनिएको थियो र त्यसको साथमा  Mountain Film Festival मा 'जर्नी टु यार्सा(Journey to Yarsa)" हेर्ने मौका पाएको थिँए। कसरी रोल्पा रुकुमका स्थानीयहरु लेक को पाटनमा गएर जोखिमपुर्वक वाटो हिड्दै एक महिना सम्म यार्चा खोज्दछन् जस्ता आर्थिक, पारिवारिक जीवन शैली तथा भौगोलिक वास्तवीकतालाई जिवन्त लाइभ मा प्रसारण गरिएको थियो। त्यस चिजहरुले मलाई दुर्गम ठाँउमा यात्रा गर्ने र त्यसको मौलिक पनलाई आत्मसाथ गर्ने प्रेरणा मिल्यो। 



वेनीवाट वस सिंह तातोपानी दर्वाड. भई वस धारापानी तिर उक्लियो र त्यहावाट फले गाँउ को अन्तिम गन्तव्यथिर मोडिदै थियो। धवलागीरी वेस क्याम्प जाँदा  २ वर्ष पहिले यहि वाटो हँुदै आएको थिँए तर फले गाँउ पुगेको थिइन। पहिलो दिन फले  गाँउको स्कुलमा टेन्ट टागेर वसियो दोश्रो दिन मोरेनी गाँउमा वसियो । तेस्रो दिन मोरेनीवाट २ घन्टाको जलजला लेक पुगियो र त्यहाँवाट भने सम्म पाटन ढोरपाटन को एक छेउ पुगियो। त्यहाँवाट ढोर पाटन गाँउ पुग्न ४,५ घण्टा े। हामी धेरै थाकेकोले ढोरपाटन भन्दा २ घण्टाको वाटो अगाडि नै वास वस्यौं।


 त्यहाँवाट चौथो दिन ढोरपाटन मा वसियो र पाँचो दिन फागुने लेक हँुदै थानकुर वास वसियो र छैटो दिनमा तातोपानी भन्ने गाँउमा वसियो। सातौ दिनमा दुले भन्ने गाँउमा वस्न गईयो तर स्याड.खोला मा पुगियो। आठौ दिन , पुपाल लेक हँुदै पुर्पाड. कटी रुकुम र डोल्पाको सिमाना मा पुगियो र तल झरियो। नवौ दिन जुफाल गईयो र दशौं दिन रेँची गएर वसें र ११ दिनमा रिंमो गाँउ पुगियो।


 क्रमश:

Share:

Related Posts:

No comments:

Post a Comment

Search This Blog

Powered by Blogger.

AI Question , Artificial Intelligence Ethics and Beyond

  1. How does the story of "Fungus eaters" exemplify a complete agent?   2. How do embodiment, adaptively, and situatedness addr...

Blog Archive

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.