Showing posts with label Pathivara Darshan. Show all posts
Showing posts with label Pathivara Darshan. Show all posts

वालेन शाहको पाथीभरा यात्रा र नेपालको तिर्थयात्रा तथा चारधाम

वालेनको पाथीभरा यात्रा ,नेपालको तिर्थयात्रा तथा चारधाम 

-चुनावी माहौलमा वालेनको पाथीभरा दर्शनले सामाजिक संजालमा तरंड.्ग फैलिरहेको थियो। जनपुरमा जानकी मन्दिर आसापासमा चुनावी सभामा पशुपतिनाथ को नाम कुनै सन्दर्भमा जोडेको लगतै वालेनको पाथीभरा दर्शनको फोटाहरु मिडीयाहरुमा आइरहेको थियो। 



-आजभन्दा ६ वर्ष अगाडि पाथीभरा दर्शन गर्ने क्रममा ठुलो फेदीमा विहानै ४ वजे उठी ताउलोमा तताएको पानीले नुवाई , पाथीभरा मन्दिर को २ घण्टाको उकालो वाटो तर्फ लम्किरहेको थिंए। हुलका हुल दर्शनयात्रीहरु, पाथीभरा मातको जय , ठुलो ठुलो स्वरले भन्दै उक्लिरहेका थिए। मानौ त्यो कुनै विजय जुलुसमा भएको खुशी र उन्मादको माहोल भन्दा कम थिएन। त्यसै भिंडमा म पनि एक सामेल हुँदै मन्दिर तर्फ लम्किरहयौं। 

      - ६ वर्ष अगाडि पाथीभराको दर्शन गरिसकेपछि, फेदीवाट जीपमा ताप्लेजुड. तिर लाग्दै थियौ , कुराको सिलसिलामा जीपका एकजना यात्रीले भन्दैहुनुथ्यो-" ६ चोटी भयो पाथीभरा दर्शन गर्न आएको , खासै म केहि वर माग्दिन, मात्र रक्षा गर्नुस मात्र भन्छु। मेरो जागिरको वढुवा भयो , तलव पनि वढ्यो र श्रीमतीले पनि त्यहि कम्पनीमा जागिर पाईन।" उहाँको विश्वास र आस्था तथा अनुभव हामीले सुनिरहयौं, साच्चै केहि सत र शक्ति भएर त मन्दिरमा भिडभाड हुन्छ....  

-जव भारतको सरकारवाट नेपालको पशुपतिनाथ र भारतको वावाधाम जोड्ने दु्रत मार्गको कुरा आउछ तव हजारौ संप्ख्याका भारतीय र केहि नेपाली यात्रीहरुको  वावाधाम तर्फ लामालर्को गरिरहेको देखिन्छ। त्यसको उल्टो नेपालमा खाली धर्म निरपक्षताको , हिन्दुराष्ट्र्का कुराहरुमा मात्र वादविवाद भइरह्नछ र भएका आस्थाका धरोहर तर्फ खासैको ध्यान नगएको देखिन्छ।

 -यसको वावजुत वालेनले जनपुरमा मैथेलीमा भाषण गर्दा धार्मिक आध्यात्मिक धरोहर पशुपतिनाथ, वौद्ध आदि दर्शन गर्न काठमाण्डौमा जानु पर्ने वाहेक  र अन्य आवश्यक कामको लागि आआफ्नो क्षेत्रवाट हुन्छ , भन्नुले नै धार्मिक पर्यटकको आवश्यकता र तयसलाई वढाउने कुराको संकेत गर्दथ्यो। त्यसको लगतै पाथीभरा दर्शन वालेनले गर्नु नै धार्मिक तथा सास्कृतिक पर्यटनमा जोड दिएको भन्ने कुरा प्रष्टै देखिन्छ। साच्चै भन्नु पर्दा वालेनको पाथीभरा भ्रमण पश्चात् , पाथीभरा भ्रमण गर्नेको संख्यामा वृद्धि भएको देखिन्छ।  वराहाक्षेत्र , पशुपतिनाथ ,रुरु क्षेत्र मुक्तिनाथ लाई नेपालको चारधाम भनिन्छ। 

-अहिले चारधाम भन्नसाथ भारतको  उत्तराखण्डको चारधाम भन्ने वुझिहालिन्छ। यी ठाँउहरुलाई भन्नुपर्दा नेपालको चारधाम भनिरहनुपर्दछ। यसको खासै कुरा परम्परागत , विश्वास र आस्था मा जान्छ। भनिन्छ, भारत यात्रा गर्ने यात्रीहरुमा नेपालको नाम छैटौं स्थानममा आउँदछ। खासै यो आकडामा व्यपार, रोजगारी, प्रसासनिक , तिर्थयात्रा भनेर नखुलाएतापनि अनुपातमा नेपाल अग्रणी स्थानमै आउँदछ। 

-समान किसिमको र्भौगोकिता, धर्म, सस्कृती र पासपोर्ट भिषाको झन्झड र इण्डियामा रेल, वस , हवाईभाडा सस्तो भएको अर्को कारणले गर्दा नी  पर्यटक तथा तिर्थयात्री वढेको हुन सक्छ। भारतमा धार्मिक पर्यटकले ठुलो हिस्सा अर्थतन्त्रमा परेको छ। नेपालका प्रायजसो ट्राभल टुर्सहरुले सामाजिक सजालमा नेपालको चारधाम हुँदै भारतको चारधाम प्याकेज संचालन गर्दा मिनिमम नेपालको चारधामहरुको वारेमा वढी नै चर्चा हुन्थ्यो होला। 

-आशा गरौ देशको भावी प्रधानमन्त्रीले देशको धार्मिक सास्कृतिक धरोहरलाई जिरोद्धार गरी यसको ससक्त  विकास गरे नेपालको अर्थतन्त्र मजवुत हुन्छ । 


Share:

Search This Blog

Powered by Blogger.

वालेन शाहको पाथीभरा यात्रा र नेपालको तिर्थयात्रा तथा चारधाम

वालेनको पाथीभरा यात्रा ,नेपालको तिर्थयात्रा तथा चारधाम  -चुनावी माहौलमा वालेनको पाथीभरा दर्शनले सामाजिक संजालमा तरंड.्ग फैलिरहेको थियो। जनपु...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.