किरिया कसम लाई पनि चुनाव प्रचार प्रसार गर्ने दरो हतियार वनाए

कुरा आउँछ झापावाट , वालेन ले चुनाव जित्यो भने म कानै काटिदिन्छु । चुनाव भइसक्यो ,र वालेन ले नै चुनाव जितिसके, ती भन्ने दिदीले कान काट्नु त कहाँ हो कहाँ उल्टै अहिले साइवर क्राइमको मुद्धा हालिदिन्छु पो भन्छिीन भलै उनलाई अहिले वढी नै धरपकड नै भएको छ नै तथापी सामाजिक संजालमा वोलेका कुराहरु भोट परिवर्तन गर्ने दरो हतियारको रुपमा प्रयोग भने भएकै  थियो। यसले अलमल भएका भोटरलाई विचलीत वनाउत्यो र वनायो पनि होला। त्यस्तै एकजना ले त वालेन ले जिते भने , दिशा नै खार्ईदिन्छु भनेर पनि अहिले विना लाज सर्म सहित उल्टै झापाका जनताालाई गाली गरिरहँदा अव कसम अथवा किरिया खानुको अथवा खाने मान्छेलाई समाजले कसरी चिन्ने र किरिया कसम शव्दको दुरुपयोगलाई कसरी व्याख्या गर्ने कुराहरु आएका छन्। 



        अव कुरा गरौ जित्नेको , एकजना उम्मेरदार , जो भन्दैथै वालेनले हारे भने आत्मदाह नै गर्दछु, यदि वालेनले हारेको भए उनले आत्मदाह गर्थे र ??। मानिसहरुले भन्दथे कुनै पनि किरिया कसम खाने मान्छेको त्यति विश्वास नगर्नु। आजभन्दा दुई वर्ष पहिला म कामक्ष्य दर्शन गर्न सिलगुरीवाट रेलमा जाँदै थिए। रेलमा सामान वेच्ने घुमन्ते व्यापारीले सामान विकाउन किरीयमा खाइरहेको थियो। कहिले के कसम , कहिले के कसम , भन्दा भन्दा त परिवारको कसम खाएपछि त सामान ओर्जिनल र सस्तो होला भनेर पाअवर वैंक किनेको थिए। मेरो मुखमा दाँया वायाँका यात्रीह्रुले रहस्यमय पारावाट हेरिरहेका थिए ती मध्ये मणिपुरमा घर खेत भएका, पहिले घर झापा वताउने र उमेर ६० नाघिसकेका भलादमी थिए। पछि ती सामान वेच्ने व्यापारी गइसकेपछि भन्छन् , त्यो मान्छे सामान वेच्ने मान्छेले त्यस्तो कसम धेरै खान्छ, त्यो कसम त उसलाई चिया पानी वरावर नै हो । त्यसपछि मैले भने, हजुरले किन पहिल्यै नभन्नु भएको , त्यसपछि उहाँले भन्नुभयो, तपाई आफै समान किन्नुमा परिपक्व नै हुनुहुन्छ जस्तो लाग्यो , त्यहि पनि वीचमा वोली हाल्न भएन , हजुरले पनि मलाई सोध्नु भएन। मैले पनि भने पैसा त्यति ठुलो त होइन यसको तर अव देखि कसम खानेको विश्वास गरेर सामन चाहि किन्दिन। ६०० हालेको पाअर वैक आर्जिनल भनेर किन्ने म आफै गवार रैछु भनेर चित्त वुझाएको याद अहिले आएर फेरि रियालाईज भएको छ। 

  त्यस्तै गरेर झापामा वालेनको न नाता छ, न जन्म घर , न ससुराली कसरी चुनाव जित्छन भन्ने भाश्यहरु पनि टा्रेल भए , एक हिसाव ले त हो पनि जस्तो । त्यस्तै गरेर केपी ओलीले जस्तो विकास झापामा अरु कसले गनै सकेको छ र , आदि। मलाई मन मनै लाग्दथ्यो , के नया जागिर खाने मान्छेले नियुक्ति नपाएर , पुरानैले आजीवन जागिर खानी हो र । फेरि भन्छन् को छ र नया सवै कांगे्रश एमालेवाट गएका त हुन नी। ल त्यो पनि ठीकै कुरा हो रे , त्यसो भए कांग्रेश एमाले मा अरु नयाँ प्रधानमन्त्री , मन्त्री वन्ने कोही छैनन् त। यहि पार्टी भित्रका निरकुश र हिटलर तन्त्रले नै यो अवस्था आएको हो भन्ने  आम अरुलाई जस्र्तै मलाई पनि लागिरहन्थ्यो। 

........................

  ......  क्रमश 

Share:

No comments:

Post a Comment

Search This Blog

Powered by Blogger.

वालेन शाहको पाथीभरा यात्रा र नेपालको तिर्थयात्रा तथा चारधाम

वालेनको पाथीभरा यात्रा ,नेपालको तिर्थयात्रा तथा चारधाम  -चुनावी माहौलमा वालेनको पाथीभरा दर्शनले सामाजिक संजालमा तरंड.्ग फैलिरहेको थियो। जनपु...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.