
भुसपानी नारेश्वर खण्डको दुई दिन देखि रोकिएको कालेपत्रै काम आजवाट सुचारु ::१३ र १४ गते क्रसर मेसीन को खरावीले रोकिएको कालेपत्र आज वाट पुन सुरु भएको छ। आज विहान देखि नै ४,५ टिप ओसार पोसार भएको छ। स्वाँरा स्कुलको धारावाट नर्सरी सम्मको एकोरो वा दोहोरो कालोपत्रै लगभग आज परा हुने भएको छ। नर्सरी को खोलोवाट मानेपानी सम्म एकसाईड वाटो पिँच भैसकेको छ। समयले साथ दियो भने र काम निरन्तर भएमा ३ देखि ५ दिन भित्रमा नै नारेश्वर स्कुल वरपर वाटो पिंच हुने अनुमान गरिएको छ।
गोरखा र पाल्पा उस्तै उस्तै देखिन्छ भनेको सुनिन्छ ।
पाल्पामा यसरी वोर्ड रोखेर, पाल्पा घुमेको चिनो राख्न मोवाइल मोवाईमा सहज भएको छ, पाल्पा माथि श्रीनगर भ्यु टावर छ, सल्लाघारी छ र अलि पर भैरव मन्दिर छ , त्यस्तै तल रानीमहल तथा कालीगण्डकी छ। त्यस्तै गोरखा मा गोरखा दरवार ,तल्लोकोट उपल्लोकोट ,गोरखा म्युजियम,पश्चिम काली ,भिमसेन पार्क छन् र तल दरौदी नदी वगेको छ।
Photos of Palpa Tansen
एउटा उक्ति छ 'Better to Late than Never'भने झै ढिलै भए पनि आज भुसपानीवाट नारेश्वर जोडुने सडकको कालो पत्रे सुरु भएको छ। विशेष गरेर वर्खामा सास्ती भोगेको ३२ वर्षको धैर्य आजवाट साकार भएको छ तथापी यसको गुणस्तरलाई हरेक पाईलामा निरीक्षण गर्नु गराउनु अवको चुनौती रहेको छ।
भनिन्छ मन्दिरमा दर्शन गर्न पनि भगवानले वोलाउन पर्छ तर सवै चिजमा भाग्य र समय लाई कुर्न पर्छ मात्र होईन त्यसो त समाज सेवाको नाममा खल्तीवाट झिक्ने नभई खल्ती भर्नेको विगविगी रहेको र चाउचाउ वाँडेर भएर पनि प्रचारवाजी गर्ने र जस आफुले मात्र लिने हरेक समाज भित्र रहने फोहरी तत्व छैन भन्नु भनेको पानी माथिको ओभाने हुनु भने जस्तै हो।
पन्चायतकालमा स्व. राजेश्वर देवकोटाले छुट्याएको वजेट र २०४६ मा वहुदल आए पछि सर्वे भई २०४८ सालमा खनिएको वाटो तत्कालीन गण्डकी प्रदेशका भौतीक मन्त्री श्री रामशरण वस्नेत ज्युवाट कालो पत्रेको लागि वजेट को वातावरण तथा व्यावस्थापन मिलाईदएको भन्ने भनाई छ।
यो एउटा अवधारणा, गोरखामा धार्मिक सर्किट वनाएर सवै थरीका पर्यटन भित्र्याउने र यसमा गोरखनाथ,गोरखाकालिका देखि दुध कुण्ड तथा नारद कुण्डलाई समेट्ने। यी ठाउहरु भित्र गोरखा वजार, भच्चेक, सिरानडाडा वारपाक लिगलिगकोट आदि पर्दछन्। नामरुड. थान, अन्नपूर्ण आदि धार्मिक स्थल पनि यसले समेट्छ।दुध पोखरी र नारद पोखरी जाने वाटोमा होटलहरु भए गोरखाको पर्यटनले छलाड. मार्ने कुरामा दुईमत छैन र तल्लो मनासुलुको पर्यटनको यो कोशे ढुगा नै सावित हुने अधिमतम सम्भावनालाई ठोकेरै भन्न सकिन्छ। सवै ठाउतिर वाटो तथा यातायातको सुविधा भइरेहेको अवस्थामा ,यी दुई ठाउलाई धार्मिक तथा सिनीक पैदल मार्गको रुपमा विकास गर्न सकिन्छ।
अहिले क्याम्पिड. गरेर र गाईगोठमा वसेरै भएपनि थोरै मात्रामा धार्मिक आस्थाको आधारमा पैदलयात्रीहरु जनै पूर्णिमा तथा विदामा दिनमा जाने गर्दछन्। त कतिपय त सिरान डाडावाट नै फर्किन्छन्।
कम्युनिटी होटल तथा होम स्टे संचालन गरेर आलोपालो गरेर गर्ने व्यवस्था भएमा यसले मूर्त रुप लिने कुरामा दुईमत छैन।
यसो भएमा लिगलिगकोट, पिपलथोक जस्ता नया गन्तव्यमा मात्रै होइन , वारपाक तथा गोरखा वजारमा चौगुना आन्तरीक पर्यटक वढ्दछन्।
गोरखामा होम स्टे कति सफल न मौलिक संस्कृतीको जर्गेना न त वन्जी जम्प, न त जीप लाईन, प्याराग्लाईडिड.
भुकम्प पछाडि मात्र वारपाकको नाम वढी सुन्नामा आएको हो र भुकम्प अगाडिको वारपाक र पछाडिको वारपाकमा धेरै नै फरक छ। मौलि संस्कृतीलाई जोगाउदै तथा पुर्नजागरण गर्दै, प्राकृतिक सुन्दरताको ठाउलाई उपयोग गर्न सकियो भने गोरखाको पर्यटनले छलाड. मार्दछ।
आरुघाट वाट हिड्दै लार्के पास गरियो भने, नामरुड. र लो गाउवाट मात्रै हिमालहरु व ढी मात्रमा देख्न सकिन्छ। जति हिमालमा सिनरीहरु तल्लो गोरखावाट लहरै रुपमा देख्न सकिन्छ, माथिवाट देख्न लार्के पास नै जानुपर्दछ।
No comments:
Post a Comment