पहिलो चोटी लार्के पास गर्दा ....
लार्के भोट, लार्के वजार, सिर्दीवास वच्चा देखि नै सुनिएको नाम हो। आज भन्दा करीव ३० वर्ष पहिले एस एल सी गर्नासाथ लेक तिर पढाउन जाने लहर वढी नै थियो। त्यस्तै गरेर माथिल्लो भेगका स्थानीयहरु , भरियाहरु गोरखा वजार देखि सामागाउँ सम्म भारी वोकेर जाने चलन थियो र धारा पाटी पौवा तिर चुल ढुंगा लगाएर सामुहिक रुपमा खाना पकाएको दृश्यहरु आँखा अगाडि अहिले पनि झलझल्ती आईरहन्छ। हामीहरु उनीहरुलाई भोटे भन्ने नामवाट चिन्थ्यौ।
हामीहरु जन्मे देखि नै मनासुलु, वौद्ध हिमाल,गणेश हिमाल घर देखि,वारी देखि, खेत देखि, वनजंगल देखि, मेलापात देखि, स्कुल देखि त्यस्तै मन्दिर जाँदा, वजार जाँदा नै किन नहोस सवै एंगल वाट थरी थरीका आकार प्रकार वाट देखि हुर्कि आएको, रमाएको अनुभव हामीमा थियो नै त्यसमा विदेशी पदयात्रीहरु लावालस्कर लागेर क्यामारा वोकेर , सुकिला कपडा लगाएको, गोरा अनुहार त्यसमाथि नै अत्तर सेन्टले गर्दा कतै नौला मान्छे , नौलो संसार वाट आएका हुन कि भन्ने भान पर्दथ्यो। हामीहरु उनीहरुलाई अमरिकाने भन्दथ्यौं, कुहिरे भन्दथ्यौं र नमस्कार गर्दथ्यौं। स्कूलमा होस कि चौरमा होस झिलीमीली रंगीचंगी टेन्ट टाँगरे वस्दथे।
हामीहरुलाई नेपालको सिमाना त्यहिं हिमाल हो कि जस्तो लाग्दथ्यो। त्यो भन्दा पर अर्कै देश पो छ कि जस्तो लाग्दथ्यो। वेला वेलामा सरले भन्नुहुन्थ्यो त्यो हिमाल भन्दा नी पर नेपालै छ र अरु हिमाल त्यो भन्दा नी पर छ। त्यस्तै हाजिर जवाफ प्रतियोगितामा विभिन्न सदनका नाम पनि हिमाल कै नाम वाट राखिन्थ्यो।
एकचोटी भारी वोक्ने सामागाउँको व्यक्तिलाई सोध्दा अठारसय खोला भन्दथ्यो र जिज्ञासा लाग्दथ्यो। यस्तै केटाकेटी हँुदाको अनुभव अनुभुतीले मनासुलु लार्के पास गर्ने इच्छा साहेद पलाएको हुन सक्दछ।
धेरै वर्षपछि ,काठमाण्डौ आएको १६ वर्षपछि मनासुलु लार्के पास गर्ने अवसर जुर्यो भन्न पर्छ २०६९ सालमा र आजभन्दा करीव ११ वर्ष पहिले मनासुलु पदयात्रामा विदेशीलाई घुमाउने अवसर मिल्यो।
पहिलो दिन वसवाट वेशीशहर धादिड.वेशी सल्यानटार हँुदै आरुघाटमा वसियो ,त्यसपछि आर्खेत हँुदै दोस्रो दिन सोतीमा वसियो , त्यसरी नै हावा डाँडाको भिर छिचोल्दै लापु हुदै र तातोपानी काट्दै वम्वुवाट माथि ठुलो ढुंगामा वास वसियो र चौथो दिन फिलीम वसियो। फिलीमवाट डेंग र त्यहाँवाट नामरुड. छैटौ दिनमा पुगियो। सातौ दिनको दिन सामागाँउ र आठौं दिनमा मनासुलु वरपर रेष्ट गरियो र नवौं दिनमा साम्दो तिर वास वसियो। धर्मशालामा १० दिनको दिनमा पुगी एघारौ दिनमा लार्केपास गरियो। भिमताड.वाट धारापानीमा वसी १२ दिनमा पुगियो र त्यहाँवाट काठमाण्डौ आइयो।
त्यतिवेला सोती खोला सम्म वाटो जान्थ्यो र घरवाट
No comments:
Post a Comment