आजको शनिवार....

 आज २०७९ साल फागुन २० गते तद अनुसार, इस्वी संम्वत् २०२३ मार्च ४ तारेख। सधै झै विहान ५ वजे विछौनावाट उठी नित्य कर्म गरी व्लग लाई आकार दिन लागे। धेरै वर्षको अनुभवको आधारमा केहि परिमार्जन गर्न तर्फ लागे। फोन उठ्याउदा कहिलेकाही काममा डिस्टर्व हुन्थ्यो। १० वजेको पत्तै भएन , खाना खाने वेला भईसकेको थियो। आज शनिवार भएकोले वच्चाहरुको स्कूल नभएकाले पनि ढिलो खान खाईएको हो। सामाजिक संजाल, गुगलले गर्दा प्राय पढ्ने वानी छुटिसकेको थियो। टुरहरुको प्रमोसन, गर्ने कस्टमरहरुको टुर वुकिड. गरेर टाईम पास भईरहेको छ। 


अली अल्छी लाग्ला जस्तो भएको थियो र एउटा कस्टमरले ट्र्ेनको टिकटको लागि ठमेल वोलाएको थियो। मैले शनिवार हो , आज खुल्दैन भनेको थिए तै पनि उसले एकदम अर्जेन्ट जस्तो गरेर वोलायो , मलाई नी कोठामा वस्दा वस्दा वोर लागेको थियो। एकछिन पछि उसले सर्भिस चार्ज कति लिनु हुन्छ भनेर सोध्यो। मैले २२० इन्डिएन लाग्छ भनेको थिंए तर त्यसपछि त्यो हचकियो। साहेद उसले अर्को ठाउमा वुझिसकेको थियो होला। त्यसपछि मैले त्यतातिर ध्यान दिइन र आफ्नै पारावाट अफिस गए।   


यस्तो लाग्यो कि, के  प्रचण्ड के.पी ओली र के.पी ओली कतै प्रचण्ड त भएका होइनन्। मलाई कता कता केपी ओली नै फनी स्वभावको र रमाईलो पो लाग्न थाल्यो।

Thamel journey 4,march 2023

Photo video Thamel street, restaurant for blogging about touristic City.just activity at thamel KTm. Kathmandu Thamel city entertainment tours by our Thamel travel tours and Shopping. Meeting the new friends interacting with them at the time of the Thamel staying. ...

Thamel journey 4,march 2023


ठमेलको फैन्च क्रिप्स रेष्टुरेन्टमा गएर चिया खाए। वाइ फाइ को सुविधा, चिनजानको मान्छे भएर एकछिन त्यहि वसीरहे। फेरि अर्को कप चिया खाए, केहि वेर फोटो , सेल्फी खिचीरहे। चिया दुईकप भइसकेको थियो। केहिवेर ठमेल वजारको कुनाको चिया चौतारीमामा साथीभाईहरु जम्मा भइरेका थिए र पुन एकपटक अर्का एउटा चिया खाए र केहिवेर पुरानो मेरो वानी फोटो खिचेर, चुच्चे ढुंगो उही टुंगो भने झै वासस्थान तिर फर्किए। वेलुका केहि सामान किन्न किनारा पसलमा गए। साहुनी तिनै, जो वाटोमा देखे पनि , अफिस जाने वेलामा नदेखे जस्तै गर्नुभएको थियो। पसलमा गएर सोंधे, पुन उहाले नदेखेको भन्नु भयो। कसैको वानी थाहा भएर नी , नभएको जस्तै लाग्यो। 


आजको दैनिकी लेख्ने क्रममा पुर्व प्रधानमन्त्री के.पी. ओलीले गाएको गित टिकटकमा देखियो। एकदम उर्जा मिलेको जस्तो भयो। यस्तो लाग्यो कि, के  प्रचण्ड के.पी ओली र के.पी ओली कतै प्रचण्ड त भएका होइनन्। मलाई कता कता केपी ओली नै फनी स्वभावको र रमाईलो पो लाग्न थाल्यो। र मलाई पनि गाउने नाच्ने वानीलाई नै निरन्तर लाग्ला जस्तै भयो र टिकटक लाइभमा फेरि गीत गाउ जस्तो लाग्यो। आखामा निन्द्रा लाग्ला जस्तै भयो, लेख्ने कुरा वाकी भए पनि कलमलाई रोक्ने काम भयो। 




Share:

No comments:

Post a Comment

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Blog Archive

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.