रारावाट सिमीकोट जाँदा ताल्चा,गमगढी वजार, वाम गाँउ, चंकेली लेक(३५०० मिटर) सर्किघाट...सिमीकोटचंकेली लेक( मुगु र हुम्लाको सिमाना...३५०० मिटर)
रारा लेकमा लन्च गरिसकेपछि किनारा किनारा हुदै ताल्चा तर्फ पाईलाहरु वढिरहे। तालका छालहरु उर्लेर कहिले किनार सम्म आइपुग्दथ्यो र त्यतिकै विलाउथ्यो त्यसले मलाई मुम्वईको वान्द्र फोेर्टको र गोवाको कालिन्गुटे वीचको याद दिलाइरहेको थियो त्यसो त पोखराको फेवाताल मा मैले त्यत्रो गडगडावट छाल नभएको महसुस भएको थियो।
"मुगुको सदरमुकाम गमगढी वाट वाम गाँउ जान भनेर निस्के र तल हुम्ला कर्णाली तर्नु थियो। एकजना स्थानीयले मुगु र हुम्लाको सिमानामा पर्ने चंकेली लेक(३५०० मिटर) टाडैवाट देखाउदै भन्नुभयो राजा विरेन्द्रले सिकार खेल्न चंकेली लेक आएको संम्झानामा रु १ को नोटमा त्यसै लेकको फोटो भएको कुरा अवगन गराउनुभयो र खल्तीवाट एक रुपैयाको नोट देखाएर आफ्नो भनाइलाई प्रमाणित गराउनुभयो। भोली त्यसै लेक चढेर देउराली झर्नु थियो, त्यहाँ राजा विरेन्द्रको वागवगीनी केन्द्र पनि हेर्नु थियो। "
यस्तै मिठो अनुभव संगाल्दै, फोटो खिच्दै जाँदा रारा लेक नछिल्दै साँझ परिसकेको थियो। अझै १ घन्टाको वाटो थियो,ताल्चा पुग्न तै पनि एकान्त घनघोर जंगलको वाटो धैर्य गर्दै हिंडे। एक्कासी टर्च लाईट मेरो आँखामा पर्यो म झस्किए र धन्दै चिच्चाउन खोंजे पनि तर एक्कासी सम्मालेछु र भनेछु रारा घुम्न आएको। उनीहरु रारा निकुन्जका सुरक्षा कर्मीहरु थिए। दाउरा तथा वन्यजन्तु चोरी सिकारीको रोकथाम को लागि उनीहरु गस्तीमा आएका थिए। कोहि मध्यवाट सोधियो, रारा घुम्न आउनु भएको हो, मैले हो भने र आउदा आउदा ढिला भएको कुराको जानाकारी गराए। टुकटुके मोवाइल फोनको लाईट वाल्दै साँझ करीव सात वजे ताल्चा एअरपोर्ट पँुगे।
होटलमा पुग्दा परिचीत अनुहार सँग भेट भयो जो रारा लेकमा लन्च आवरमा भेट भएको मानिसहरु मध्य एक हुनुहुन्थ्यो। उहाँले माथिको होटलमा वस्ने आग्रह गर्नुभयो।
अर्को विहान ताल्चा एयरर्पोट वाट सिमीकोटको चामल वोक्ने कार्गो जहाज थियो तर हिंडेर जाँदा सवै भौगोलिक जानाकारी हुनाले , हिंडेर नै सिमीकोट जाने निर्णय गरे। ताल्चा वाट गमगढी वजार झरे, माघको महिना थियो र थोरै हिंउ परेको थियो। वाटो चिप्लो र आरालो भएकोले अलि टाइम लाग्यो।
मुगुको सदरमुकाम गमगढी वाट वाम गाँउ जान भनेर निस्के र तल हुम्ला कर्णाली तर्नु थियो। एकजना स्थानीयले मुगु र हुम्लाको सिमानामा पर्ने चंकेली लेक(३५०० मिटर) टाडैवाट देखाउदै भन्नुभयो राजा विरेन्द्रले सिकार खेल्न चंकेली लेक आएको संम्झानामा रु १ को नोटमा त्यसै लेकको फोटो भएको कुरा अवगन गराउनुभयो र खल्तीवाट एक रुपैयाको नोट देखाएर आफ्नो भनाइलाई प्रमाणित गराउनुभयो। भोली त्यसै लेक चढेर देउराली झर्नु थियो, त्यहाँ राजा विरेन्द्रको वागवगीनी केन्द्र पनि हेर्नु थियो। क्रमश:
No comments:
Post a Comment