बा को वोलीमा शास्त्र फुर्न थालिसक्यो ,,छोरा भने अझै खुकुरी खुकुरी पो भन्छन.....
बा छोरा र नाती पुस्ता
वा त त फुस्सा भए भए नातीहरु नी फुस्सा हुने पो हो कि, जे भएपनि वा हाल गुमनाम जस्तो भएपनि , वा का छोराले हिजोआज वजार तताउन थालिरहेका छन्। भनिन्छ मान्छेले जसको नुन खाएको हुन्छ वानी व्यहोरा नी त्यस्तै हुन्छ रे। वा भित्र भित्र गलेर अहिले गिताको पाठ र मन्त्र उच्चारण गरिरहेको शैलीमा अन्तवार्ता दिइरेका छन्। वा को अनुहार पढ्दैमा थाहा हुन्द्ध त्यो कारुणिकताको तस्वीर आफै वोलीरहेको भान हुन्छ। कहिलेकाही वोलीचालीको भाषामा भन्ने गरिन्छ- अनुहार हेर्दा टिस लाग्दो , वानी वेहोरा हेर्दा ...के भने झै भा छन् वा अहिले।
नातीहरुलाई वाजेको कुरा गफ सिद्धान्त , आनी वानी , अहंकार मन नपरेपनि , वाजेको राजनिती एक प्रिय छोरालाई अझै वा राम्रो लाग्छ। यस्तो लाग्छ कि वरु घरमा श्रीमती , छोरा छोरी भन्दा वा नै ठीक छन्। वाका अरु छोराहरु चाहि वालाई आराम संग वृद्धाआश्रम वस्न सुझाव दिन्छन् तर भित्र गले पनि एक सच्चा भक्त छोराले देखावटी रुपमा भएपनि वाको मनोविज्ञान उच्च् पार्ने काम चाहि गरिरहेका छन्।
समान्ती वा का कुरा
मैले जे गरेको छु त्यै राम्रो भन्ने जिद्धी , अहंकारी वाजेले घर छोडेर भागेको धेरै दिन भइसक्यो त अरु अवसरवाजी वाजेहरुतिमी भन्दा त मै राम्रो हो भनेर वहसमा उर्तिएका छन्। वजारमा हल्ला आँउदैछ, वाजेको धर्म छोराले फेरि वाजेको भौतिक रुपमा उद्धार गर्नेछन् र खुलायमा खुकुरी प्रदर्शन गर्ने गफ पनि गर्दैछन्। जहिले पनि आफ्नो मात्र वज्रस्व् खोज्ने
दार्शनिक प्लेटोले धेरै पहिले नै भन्नु भएको थियो जो थोरै सासन गर्न खोज्दछ, त्यहि शासक नैि राम्रो। अव कुरा रह्यो समसामयिक नेपालका हजुरवुवा पुस्ताहरुका र नाती पुस्ताका सघंर्ष विचारको अन्तर र ग्याप। नाती विवाह गर्ने वेला भइसक्यो हजुरवाले , अरु छोरालाई अझै अपरिपक्क देख्ने , आफुलाई मणगणन्ते रुपमा महान ठानरिहने। र छोरा सक्षम हुदा हुुदै पनि अधिकारवाट वंचित गरिरहने। हो अहिलेका वुढाहरुका वलजफती , वुढो गोरुले गाई ओगटिरहने भने झै , त्यसको पराकाष्ट अहिले को सुनामी र ८ रेक्टरको भुकम्प हो। भौतिकवादको सिद्धान्त ले भन्छ सवै कुराको समय हुन्छ, त्यो प्राकृतिक रुपमा थाहा नभइकन हरेक सेकेन्ड मा सुक्ष्म ढंगले रुपहरु परिवर्तन भइरहेको हुन्छ। अहिलको परिस्थिीती पहिलेदेखिका असन्तोष, पिडाहरुको कम्पन हो। भन्नेले जे भने पनि यो एक ऐहिासिक रुपमा स्थापित भइसक्यो , त्यसले पक्कै पनि रुसको जार शासन, फ्रान्सका देवत्व घोषणा गरेका राजाको अवशान भए जस्तै गरेर तुलना गर्न सकिन्छ।







No comments:
Post a Comment