आधी हुरी तुफान कसैले चाहादैमा मात्र हुँदैन,आकास्मिकता नै यसको विशेषता हो

 आधी हुरी तुफान कसैले चाहादैमा मात्र हुँदैन,आकास्मिकता नै यसको विशेषता हो 

कसैले कोही वेलामा के भनेका थिए होला , अहिले आएर उस्तै उस्तै भयो भने त्यो एउटा संजोग मात्र पनि वन्न सक्छ वा उसको सपना भने अनुसार को काम ठ्याक्कै हुन कि भगवान हुन पयो कि जादु हुन पर्यो। परिस्थिीतीलाई कि वहसमा ल्याउन समयले साथ दिन पर्यो। कोहि वेला एक पुस्ताले कल्पना गरेको कुरा अर्को पुस्ताले त्यहि कल्पना नगरी अर्को कल्पना गर्दा , पुरानो पुस्ताको भिजन मिलेको संग तुलाना गरिन्छ। प्रायजसो एक कुरा सोच्यो अर्केै भइदिन्छ। मानौ एउटा फोटो ग्राफर संग महँगो प्राफेशनल क्यामारा नहुन सक्छ , अर्को सौखीन फोटाग्राफको क्यामारा उसको सपना सपना वन्दछ। जो पेशाले क्यामारा म्यान हुन्छ, अरुलाइै उसले त्यो क्यमारा मेरो लागि वनेको हो मात्र भन्दैन , त्यो मैले उसलाई भाडामा दिएको हो पनि भन्न वेर लगाउँदै यदि  उ वेमान छ भने। 

    यहाँ दुर्गा प्रसाईले गरेको विभिन्न प्रयास , कहिले सहकारीको रिण मिनाहा गरिदिन्छु भन्ने वहानामा , कहिले वैंकको रिण नर्तिने भनेर अरु व्यवसायीहरुलाई उकास्ने देखि लिएर तिनकुने घटना सम्मको अभ्यास गरेका थिए। तर त्यो तिनको नितान्त व्यक्तिगत व्यवहारको भारले गराएको क्रियाकलाप हो भनेर जो कोहिले नै सजिलै वुझ्न सक्दथे। तर उनले चाहेको जस्तो हुने भएको भए त पहिले नै भैहाल्थ्यो । यहाँ विप्लपहरुले शहरी विद्रोह भन्दै गरेको प्रेशर कुकुर वम आन्दोलन त्यसै तुहाएर गएको थियो , त्यस्तै माओवादीको भन्ने गरेको सत्ता कव्जा , शहरी विद्रोह भनेर ,रुकमान कट्वाल कान्ड अर्थात माधव कुमार नेपाल प्रधानमन्त्र िभएको वेला ५ लाख मान्छे उतार्दा पनि किन सिंहदरवारको गेटसम्म पनि पुग्न सकेनन्। 

     त्यसैले आधीहुरी त्यस्सै आउृदैन , त्यसका आन्तरीक तथा वाह्य कारण र यो भित्रको अकल्पनीय परिस्थीले ठुलो खेल खेलेको हुन्छ। अहिलेको डिजीटल युग नभएको भए धरमा वसी वसी भष्टाचार विरुद्धका आन्दोलन विना माइकिड. ,र भौतिक उपस्थिीती विना सजिलै सभ्भव हुदैनथ्यो। त्यसमा पनि शासकहरको मनोपली , वेइमानी , मजाक र जनतालाई महड.्गी को भार एकातिर , अर्कोतिर लाखौ युवक विदेसिन वाध्य । यतिवेला फा्रन्सको लुइ चौथौको मजाक र आलस्य ले फ्रान्समा विद्राृह भएको घटना अस्तिको वानेश्वर जेन जी आन्दोलन संग दाज्न मिलेता पनि त्यसको टाइम, स्पेश र परिस्थीती फरक छ। यसकारण तुलना गर्न सकिन्छ, मिल्न सक्छ तर ठोकुवा गर्न सकिदैन। जे सोचेको हो त्यो हुने भए त किन फे्रन्च रिभोलोशन पुरा भएपछि नेपोलियन जस्ता तानाशाह र साम्राज्यवादीको जन्म हुन्थयो , त्यो आकस्मिक घटना थियो। त्यस्तै नेपालको कोत पर्वमा पनि जंगवहादुर लाई परिचालन मात्र गरिएको थियो तर उनले सत्ता कव्जा गरेर १०४ वर्ष शासन गर्ने भन्ने कुरा त परिस्थितीले भएको हो। 

   त्यसैले सामाजिक विज्ञान , साइकोलोली, समय, परिस्थिती ले उव्जाएको घटानालाई अन्दाज गर्न सकिन्द्ध, तुलाना गर्न सकिन्छ तर पिउन भनेर तताएको दुध एक्कासी वितरिदा वा फाट्दा त्यसलाई नफाली सदुपयोग गर्नलाई पनिर वनाए जस्तै हो। हालको जेनजी आन्दोलन कसैका े सपना, भिजन संग मिल्यो भने त्यो संयोग हुन सक्ला अथवा एउटाको पिर अर्काको खुशी भएजस्तो हो भनेर पनि हेर्नुपर्दछ होला। जेनजी आन्दोलनले के.पि ओली, शेरवहादुर लाई व्यक्तिगत अथवा सस्थागत रुपमा घाटा भयो होला तर माओवादी , रासपा, राप्रपा हरुलाई फाईदा भएको देखिदैमा , आफ्नो कर्म कस्तो थियो भनेर पनि विचार गर्नुपर्ने हुन्छ। हिजो १९ जनालाई टाउकोमा गोली नहानेको भए र वेलुका सामाजिक संजालको लागि आन्दोलन गर्न पर्दैन भनेर हलुका टिप्पणी नगरेको भए ,चाँडै नै अह्ंवादले छोडेको भए अथवा राजिनामा दिएको भए साहेद यो परिस्थतीको जन्म हुँदैनथियो होला। आफु अकर्म गर्ने दोष अरुलाई थोपर्ने। स्वच्छाचारी , भष्टाचार , चरम लापारवाही र मजाक गर्नाले भएको परिस्थितीले उत्पन्न भएको यो अकल्पनीय घटना हो। त्यसैले जेन जी आन्दोलन समयले दिएको सफलता हो र फेरि यस्तै फोटोकपी आन्दोलन सफल हुन सक्दैन , यसको आकार, फ्रेम वदलिरहन्छ। 

Share:

No comments:

Post a Comment

Search This Blog

Powered by Blogger.

हामी फेरि उठ्नेछौ ...के को लागि उठ्ने ? कति चोटि भो ??अरुलाई पनि चान्स दिन्छु भन्न पर्दैन ....

 हामी फेरि उठ्नेछौ के को लागि उठ्ने , कति चोटि भो , अरुलाई पनि चान्स दिन्छु भन्न पर्दैन     त्यस्तो भनेको त २०४६ सालमा पनि हो, २०६३ मा पनि ह...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.