पार्टी तथा प्रतिगमनको घुसपैठ ले जेन्जी कमजोर र विवादित वनेको छ।
भष्टाचारको आन्दोलन र त्यसमा १९ जना कलिला भाईवहिनहिरुको रगत को आहालमा विभिन्न स्वार्थसमुदायहरुको मौकामा चौका हान्न खोजिरएका छन्। र यसलाई पानीको फोका वनाउने दुश्प्रयास भइरहेको छ र यसका उपलव्दीहरुलाई आफ्नो स्वार्थ अनुुसार अपहरण त कतै गर्न खोजिएको त होइन भन्ने त्रास सनसनी फैलिएको छ।
जेन जी मुभमेन्ट को उर्जा मा घुसपैठ हुने खतरा
ठीक छ नेपाली सेनाले द्धन्द्ध व्वस्थापन गरेर, देशलाई थप ठुलो संकट, नरसंहारवार वाट जोगाइरहेको छ। सकारका एकाध व्यक्तिका कारण तथा अदुरदर्शिता वाट आजको अकल्पनी परिस्थिती उत्पन्न भएको हो । यो व्यवस्था वदल्ने आन्दोलन नभईकन अवस्था वदल्ने, नयाँ प्रविधीलाई वढावा दिने आन्दोलन थियो र यसको निरन्तरता अझै हो। जव दुर्गा प्रसाई जस्ता अवसरवादीहरु,सस्ता लोकप्रिय मिडीया वाजीहरु अहिले सवलाउन खोज्दछन्, त्यहि माथि पनि तिनकुने घटना वाट फरार भएका र जेलवाट धरौटीमा छुटेको अवस्थामा , हालीमुहाली वनीरहन खोज्दा कतै प्रतिका्रन्ति त हुँदैन भन्ने शंका छ,त्यसो हुँदा राष्ट्र्रपति र सेनाप्रमुखको समन्वय हुन आवश्यक छ। छोटे राजालाई सत्ताच्युत गर्दा, वडे राजको सत्तारोहण नहोस्, अहिलेको खवरदारी यहि छ।
ल संसद भवन जलाए, नजाउन पर्थो यो विदेशीले वनाइदिएका भलै १९ जनाको हत्या यहिवाट हुँदा आँधीहुरीले नघट्नु घटना घट्यो। त्यो भन्दा पछि सिंहदरवार जलाउने ठुलो घुसपैठ छ, यसको छानवीन हुनु नै पर्दछ, आन्दोलन शान्तिपुर्वक नहुनु्मा घुसपैठ र लुटराहरुकै नियजित र धमिलो पानी मा माछा मार्ने अवसरको पराकाष्ट हो। राष्टको सम्पति जलाएर खरानी वनाउने, त्यो नेपाली नी हुन सक्दैन, विभिन्न स्वार्थ समुहका मतियार र कुनै संस्था , पार्टिवाट परिचाना भएको हुनुपर्दछ। वेलुका राष्टपति भवन जलाउँदा रोक्न सकिन्थयो। आगो लगाउने काम विल्कुल शुद्ध जेन्जीहरुको हुन सक्दैन , तयसमा घुसर्पैठ छ।
राप्रपा, दुर्गा प्रसाईहरुको चालावाजी तथा घुसपैठलाई परास्त गर्नु पर्छ र यसलाई हलुका ढंगले लिनुहुदैन र अहिलेको चुनौती भनेका यिनीहरु नै हुन्।








No comments:
Post a Comment