्रतल्लो मनासुलु क्षेत्रको प्रचार प्रसार कमी भएकै हो। हुन त अहिलवे सामाजिक संजालमा फोटो लोड गर्ने गाँउ चिनाउने लहर चलैकै छ तापनी तुलानात्मक महत्तवको वारेमा अन्तराष्टिय जगतमा फैलाउन पर्ने आवश्यकता अझै धेरै नै छ। गोरखा लार्कै पास, मनाड. मुस्ताड. १० दिनमै गर्न सकिन्छ। तल्लो मनासुलु गोरखा वजार आसपासक्षेत्रवाट माथिल्लो मनासुलु क्षेत्र जान लाई यहाँको वास्तविक इतिहास र मनोरम भिउ पोइन्टलाई अझ वढी प्रचारको अभाव रहेको छ। र निषेधित अनुमती पत्र लिने झन्झटले गर्दा अन्तराष्टिय पर्यटक जति आउनु थियो , त्यसमा एक अंशमा मात्र सिमित भएको हो कि भन्ने लाग्दछ।
गोरखा को प्राय जसो ठाँउवाट मनासुलु हिमाल विभिन्न आकारमा देखिन्छ। धादिड.को वेनीघाट , जहाँ त्रिसुली नदी मिसिन्छ, त्यहाँवाट पनि मनासुलु , गणेश हिमालहरु देखिन्छ। काठृमाण्डौ को नागढुंगा, कालुपाण्डे पार्क आदि ठाँउवाट पनि मनासुलु हिमाल देखिन्छ। गोरखाको विभिन्न ठाँउवाट मनासुलु मात्र नभइकन धवलागिरी, अन्नपुर्ण रेन्ज , मनासुलु, वोद्ध हिमाल, गणेश हिमाल आदि देखिन्छन्। सुर्य उदाउँदा होस अस्ताउँदा होस एकदम रमणीय देखिन्छ।
काठमाण्डौवाट सिधै माछीखोला हुँदै जाँदा नामरुड. जादा मात्रा मनासुलु र अरु ३ ४ वटा हिमाल नजिकवाट त देखिन्छ तर गोरखा वजार आसपासवाट देखिने ३६० डिग्री को रमणीय दृश्यमात्र नभई नेपालका इतिहासका जरा तथा तल्लो भेगको सास्कृतीक विभितता को स्वाद चाख्नवाट वन्जित हुन्छ साथै वास्तविक गोरखा र नेपाल लाई अनुभव गर्न सकिदैन। अर्कोतिर निषेधित क्षेत्र अनुमतीपत्रको झन्झट ले गर्दा नी वाहिरी पर्यटक सहजताका साथ आउन नसक्नु वास्तविक कारण हो। पहिलो दिन गोरखा वजार , दोश्रो दिन माछीखोला फिदीम, तेश्रो दिन नामरुड., चौथो दिन सामागाँउ , पाचौ दिन साम्दो र ६ दिनमा धर्मशाला लार्कै वजार भई पुग्न सकिन्छ। सातौ दिनमा लार्के पास गरी भिमताड. र आठौ दिन धारापानीवाट जीप लिई मनाड. पुग्न सकिन्छ। त्यस्तै गरेर १० दिनमा थो्रड. पास गरी मुक्तिनाथ पुग्न सकिन्छ। यसरी गोरखावाथ १० ११ दिनमा लार्कैपास गरी मनाड. भई मुस्ताड.को यात्रा गर्न सकिन्छ।



















