हिजो १ दिन मात्रै गुमनाम भएका पार्टिहरु अहिले निद्रावाट विँउजिएका छन्

हिजो  १ दिन मात्रै गुमनाम भएका पार्टिहरु अहिले निद्रावाट विँउजिएका छन् परन्तु अझै जेन्जीलाई विश्वासमा लिन सकिरहेका छैनन। तरुण दलहरु प्लेकार्ड सहित जेन्जीको माग पुरा गर्न सडकमा देखिन थालेका छन्। रात रहे औखार पलाउँछ भने झै एमाले पार्टि भनिरहेको छ, हामी , फेरि उठ्नैछौ तर केपी ओलीलाई कारवाही गर्ने कल्पाना समेत गर्न सकेका छैनन्। 



खिलराज रेग्मीको पालामा कसरी मिलाइयो र अहिले कसरी मिलाउन सकिएला 

दलहरु भन्छन्, जनतावाट चुनियाका व्यक्तिवाट, जेनजीहरु भन्छन्, यो संसदवाट निकास निस्कदैन, ताजा जनमतको लागि चुनावी सरकार सुशिला कार्कीको नेतृत्ववाट। समाचार अनुसार, जंगी अड्डा सहजकर्ताको भुमिकामा राष्टपति, जेनजी प्रतिनिधि अनुसार कानुन विज्ञको सल्लाहा अनुसार। 

पार्टी तथा प्रतिगमनको घुसपैठ ले जेन्जी कमजोर र विवादित वनेको छ। 

भष्टाचटाचार विरुद्धको आन्दोलन र त्यसमा १९ जना कलिला भाईवहिनहिरुको रगत को आहालमा विभिन्न स्वार्थसमुदायहरुको मौकामा चौका हान्न खोजिरएका छन्। र यसलाई पानीको फोका वनाउने दुश्प्रयास भइरहेको छ र यसका उपलव्दीहरुलाई आफ्नो स्वार्थ अनुुसार  अपहरण त कतै गर्न खोजिएको त होइन भन्ने त्रास सनसनी फैलिएको छ। 

जेन जी मुभमेन्ट को उर्जा मा घुसपैठ हुने खतरा 

ठीक छ नेपाली सेनाले द्धन्द्ध व्वस्थापन गरेर, देशलाई थप ठुलो संकट, नरसंहारवार वाट जोगाइरहेको छ। सकारका एकाध व्यक्तिका कारण तथा अदुरदर्शिता वाट आजको अकल्पनी परिस्थिती उत्पन्न भएको हो । यो व्यवस्था वदल्ने आन्दोलन नभईकन अवस्था वदल्ने, नयाँ प्रविधीलाई वढावा दिने आन्दोलन थियो र यसको निरन्तरता अझै हो। जव दुर्गा प्रसाई जस्ता अवसरवादीहरु,सस्ता लोकप्रिय मिडीया वाजीहरु अहिले सवलाउन खोज्दछन्, त्यहि माथि पनि तिनकुने घटना वाट फरार भएका र जेलवाट धरौटीमा छुटेको अवस्थामा , हालीमुहाली वनीरहन खोज्दा कतै प्रतिका्रन्ति त हुँदैन भन्ने शंका छ,त्यसो हुँदा राष्ट्र्रपति र सेनाप्रमुखको समन्वय हुन आवश्यक छ। छोटे राजालाई सत्ताच्युत गर्दा, वडे राजको सत्तारोहण नहोस्, अहिलेको खवरदारी यहि छ। 

    ल संसद भवन जलाए, नजाउन पर्थो यो विदेशीले वनाइदिएका भलै १९ जनाको हत्या यहिवाट हुँदा आँधीहुरीले नघट्नु घटना घट्यो। त्यो भन्दा पछि सिंहदरवार जलाउने ठुलो घुसपैठ छ, यसको छानवीन हुनु नै पर्दछ, आन्दोलन शान्तिपुर्वक नहुनु्मा घुसपैठ र लुटराहरुकै नियजित र धमिलो पानी मा माछा मार्ने अवसरको पराकाष्ट हो। राष्टको सम्पति जलाएर खरानी वनाउने, त्यो नेपाली नी हुन सक्दैन, विभिन्न स्वार्थ समुहका मतियार र कुनै संस्था , पार्टिवाट परिचाना भएको हुनुपर्दछ। वेलुका राष्टपति भवन जलाउँदा रोक्न सकिन्थयो। आगो लगाउने काम विल्कुल शुद्ध जेन्जीहरुको हुन सक्दैन , तयसमा घुसर्पैठ छ। 

राप्रपा, दुर्गा प्रसाईहरुको चालावाजी तथा घुसपैठलाई परास्त गर्नु पर्छ र यसलाई हलुका ढंगले लिनुहुदैन र अहिलेको चुनौती भनेका यिनीहरु नै हुन्। 


Share:

No comments:

Post a Comment

Search This Blog

Powered by Blogger.

बा छोरा र नाती पुस्ता

बा को वोलीमा शास्त्र फुर्न थालिसक्यो ,,छोरा भने अझै खुकुरी खुकुरी  पो भन्छन.....  बा छोरा र नाती पुस्ता वा त त फुस्सा भए भए नातीहरु नी फुस्स...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.