कैलाश पर्वत व्रह्रमान्डको केन्द्र
कैलाश पवत कसरी पवित्र तिर्थ स्थल वन्यो. देव भुमि भनियो र मानिसहरुको आस्थाको केन्द्र र चहल पहल वन्यो । कुनै साधरण ठाँउ कसरी पवित्र वन्दछ र यो साधरण ठाउँ भन्दा किन फरक पर्दछ। मार्सिया एलाइड को सेक्रेड एण्ड प्रोफेन , एक्सिस मुन्डी, हिरोफेनी जस्ता लेन्सवाट पवित्र भुमि र देवी भुमिको वारेमा वुझ्न सकिन्छ। कुनै ठाँउको विश्वास,मिथ, दृष्टिकोण तथा धार्मिक साहित्य, सास्कृतिक जस्ता तत्वहरुको समिश्रण वाट पवित्र भुमि अवथा सेक्रेड जिओग्राफीको अवधारणा त्यहाँ रहेको हुन्छ। मन्दिरको सक्तीलाई वढी चलायामायन गर्नलाई पुजाआज , यज्ञ, तप आदि गरिन्छ। कल्पना, भ्रमण र आवतजावत ले त्यस ठाँउ , मन्दिर अथवा भुगोलको आस्था वढेर जान्छ। फेरि त्यहि ठाँउको कपी अर्को ठाँउमा गर्दा ,त्यसको ओर्जिनालिटी अथवा मौलिकतामा फरक पर्ने हुनाले , अर्को ठाँउ त्यति प्रख्यात नहुन पनि सक्छ।
त्यसकारण मनकामना मन्दिर अरु ठाँउमा भएपनि खासै त्यति विश्वास र छाप नपरेको देखिन्छ। त्यस्तै हिरोफेनी भन्ने अवधारण रहेको छ, कुनै सामान्य पहाड, ठाँउ तथा मन्दिरमा अलौलिक शक्ति, आध्यात्मिक शक्ति प्रकट भयो भने त्यसलाई सामान्यतया हिरोफेनी भनिन्छ।। त्यहाँ देव शक्ति उत्पनन भएको कारणवाट त्यसलाई स्वर्ग र धर्ति जोडीएको मन्दिरको रुपमा हेरिएको छ। त्यस्तै कैलाशलाई एक्सिस मुन्डी अथवा कस्मिक सेन्टर पनि भनिएको छ। पृथ्वीको के्रन्द्रलाई एक्सिस मुन्डी भनिएको छ र कैलाश पर्वतलाई आध्यात्मिक रुपमा पृथ्वीको केन्द्र मानिएको छ। र यहि केन्द्रवाट र्ईश्वर मानिस तथा व्रमान्डिय शक्तिहरुको वार्तालाप हुन्छ भन्ने कुराको पनि विश्वास गरिन्छ। धार्मिक र पौणाणिक पराम्परा अनुसार यसले स्वर्ग, पृग्वी र पाता गरी ३ वटा प्रतिक जनाएको हुन्छ। रुडोल्फ आृेटोको न्युमिनसको अवधारणा अनुसार पनि कैलाश पर्वतको मह्रत्वको वारेमा अध्ययन गर्न सकिन्छ। ओटो भन्दछन् तर्कहिन र तर्कभन्दा वाहिर , भावजन्य र अनुभवजन्य, पुर्णरुपमा फरक कुराको सामाना गर्ने प्रत्यक्ष अनुभुती। यसलाई रुडोल्फले पवित्राताको अनुभव भनेका छन्।
उनले पवित्रातलाई आश्चर्यको रुपमा हेरेका छन्। पवित्र भन्ने कु्रा पुर्णतया मानवले सम्झिने तथा वुझ्ने भन्दा वाहिरको कुरा जस्तो हुन्छ। त्यस्तै विस्मय र भयको वारेमा पनि पवित्र माउन्टेनलाई अथवा कैलाश पर्वतलाई हेरियोको छ। पवित्रताले विश्मय श्रद्धा तथा डरको भावना पैदा गराउँछ। विशाल पवित्र पहाडको अगाडि उभिनु, शक्तिशाली मन्दिरमा प्रवेश गर्नु, दैवी उपस्थितीको सामाना गर्नु, । यस अनुभुतीले मानिसलाई पवित्र शक्तिको अगाडि आफुलाई श्रदाभावले हेर्र्न र त्यसलाई भक्तिभाव उत्पनन गराउँदछ। यसरी एकै समयमा पवित्रताले मानिसलाई आकर्षित र मोहित गराउँदछ। यसरी कैलाशलाई पवित्र र शक्तिशाली तिर्थस्थल वनाइएको छ।







No comments:
Post a Comment