गोरखा र पाल्पा उस्तै उस्तै देखिन्छ भनेको सुनिन्छ|पाल्पामा यसरी वोर्ड रोखेर, पाल्पा घुमेको चिनो राख्न मोवाइल मोवाईमा सहज भएको छ पाल्पा माथि श्रीनगर भ्यु टावर छ, सल्लाघारी छ र अलि पर भैरव मन्दिर छ , त्यस्तै तल रानीमहल तथा कालीगण्डकी छ। त्यस्तै गोरखा मा गोरखा दरवार ,तल्लोकोट उपल्लोकोट ,गोरखा म्युजियम,पश्चिम काली ,भिमसेन पार्क छन् र तल दरौदी नदी वगेको छ।
कुनै पनि प्रतिमालाई नजिक वाट होईन टाढा वाट स्पेस लिएर घेर्दा राम्रो पनि देखिन्छ र सुरक्षित पनि हुन्छ। यहा त न्याय दिने राजाको प्रतिमा माथि नै अन्याय भैरहेको जस्तो लाग्छ।
अहिले गोरखाको ठूलो आगनमा नया वनेको पृथ्वी नारायण शाहको प्रतिमामा फोटो, भिडियो सामाजिक संजालहरुमा देख्न पाईन्छ। खुला, राम्रो, चिटिक्क साईजको भएकाले नै यो माहोल श्रीर्जना भएको हो।
त्यस्तै गरेर रामशाहको भएको शालिक लाई खुला रुपमा राखेर, तार जालीलाई हटाएर वरु चौताराका वरिपरी को भागलाई आकर्षक ढंगले घेरेर सुरक्षा प्रदान गरिएमा उल्लेख रुपमा आन्तरीक तथा वाह्य पर्यटक वढी हुन्थ्यो होला।
रामशाहको चौतारावाट चारैतिरको दृश्यहरु मनासुलु,अन्नपुर्ण,वौद्ध हिमाल,गणेश हिमाल हरु देखिन्छ भने गोरखा वजारदेखि, सिरानचोक र अन्य ठाउहरु देखिनुले साथै दाया वाया सल्लाघारी आदि ले गर्दा एकदम रमणीय पनि देखिन्छ।
No comments:
Post a Comment