२३ गते पुरै काठमाण्डौ सुत्न सकिरहेको थिएन। जेन जी प्रविधीमा खेलेका, हुर्किएका पुस्ता । भोलि फेस वुकलाई नै च्यालेन्ज गर्ने नया टाइपको फेस वुक यिनै जेन्जी पुस्ताले वनाउने हो, युटुउव यिनीहरुले वनाउने हुन्, अहिले त सिक्दैछन् आइटी पढ्दैछन्, ए.आइ. पढ्दैछन्। हेरेर र पढेर त सिक्ने हो , पछि राज्यले फेस वुक तथा अन्य विदेशी संजालहरु वन्द गरे्नै पर्दैन, विश्व वजारमा प्रतिस्पर्धामा नेपालका आइटी कम्पनीहरु पनि आउछन्, त्यसैले आउने सरकारले सिकाउने हो , फल्न दिने हो र विश्व वजार सँग फेस गर्ने आइटी इन्जिनियर को हव नेपाललाई वनाउने हो। .....
२२ गतेको कुरा हो पहिलो पटक जेन जी को वारेमा सुनेको । कसलाई थाहा थियो र यो यति विघ्न सुनामी झै आउछ र फेरि समुन्द्र झै शान्त पनि र साना साना ज्वारभाटाहरु झै सलवलाईरन्छ भनेर। यो एक किसिमको महाभुकप्प हो , जसले न्यायलयको होस्, सिंहदरवारको , वालुवाटारको , संसद भवनको भौतिक संरचना २८ घण्टा नपुग्दै चक्नाचुर पारिदीयो। हेर्दा आश्चर्य लाग्दछ त कतै ठुलै चमत्कार त भएन।
भदौ १९ गते सरकारको सामाजिक संजाल वन्द गर्नै जस्ता निर्णय आखिर समाजको संरचना, युवा पुस्ताको भावाना विपरित थियो नै र त्यसको नियत नियगमन भन्दा नी सत्ता लम्वाउने औजारको रुपमा, त्यो भन्दा नी सर्वसत्तावादको अह्ंताको भावनावाट गुज्रिएको थियो भन्ने कुरा जो जसले नी अनुमान लगाउन सक्दथ्यो। फेस वुक मात्र नभई कलाकार, पत्राकार कन्टेन्ट क्रियटरले खाने युटुव वन्द गर्ने घोषणाले, देशमा वाँकी भएका युवाहरुको घांटी थिचीदिएको थियो र उकुसमुकुस पारिदीएको थियो। वाहिरवाट देशमा केहि हुन्छ भनेर आउने युवाहरु पनि निराश हुँदै देश छाड्ने भनेर टिकटकवाट असन्तोष व्यक्त गरिरहेका थिए। मोवाईवाट विस्तारै सामाजिक संजाल चल्न छोडिसकेको थियो र सर्वसाधरणहरु अन्धाकार युगमा सरकारले जानी जानी फसाएको र दिउँसै रात पार्न लगाएको जस्ता निराशाका कुराहरु गर्दै थिए।
भदौ २३ गते, करीव १, २ वजेतिर सिडियोवाट गोली हान्ने आदेश पाए लगतै, ३, ४ वजेसम्म १५ जनाको मृत्युको खवर आउछ। त्यस्तो त २०६३ मा पनि भएको थिएन एकैदिन त्यति धेरै मान्छे, त्यहि माथि पनि विद्धार्थी, २८ वर्ष तलका। साथीहरुको लाशलाई वोक्दै एम्वुलेन्समा हाल्न खोज्दछन गोली फेरि टाउको टाक्दै आएको भिडीयोहरु पोष्ट हुन्छ, तै पनि सिभिल हस्पिटल भित्र प्रहरी छिरेर गोली वर्साएका समाचार पनि आउँछ। वेलुका हस्पिटलमा आफन्तको भिड लाग्दछ र सामाजिक संजालहरुमा मृत्युका संख्या थपिदै गएको कुरा घरी घरी आईरन्छ। काठमाण्डौका सिडीयोले वेभसाईवाट आफ्नो फोटो झिक्दछन् र चरम दवावपछि गृहमन्त्रीले राजीनामा दिन्छन् तर प्रधानमन्त्री र संचार मन्त्री भने आफ्नो घमण्डवाट पछि हट्दैनन मानै संसारमा आफु भन्दा अरु केहि होइन, जे गरेनी आफु ठीक र गल्ती र दोष अरुको। यसले गर्दा सर्वसाधरण को आगोमा घिउ थपिरहेको र अझ वढी चिढाएको अनुभुती हुन्थ्यो, मान्छेहरु वाक्क थिए , दिक्क थिए। त्यो भन्दा नी कलिला ती भाइहरु र छोराहरुको मृत्युले प्रत्येक वाआमाहरु भनौ त्यो रात २३ गते पुरै काठमाण्डौ सुत्न सकिरहेको थिएन।
भदौ २४ गते विहानै कर्फुको हल्ला सुनिन्छ, लौ १९ जनाको ज्यान त्यसै जाने पो हो कि भन्ने चिन्ताले सारा काठमाण्डौलाई भैरहन्छ। सरकारले राजीनामा त परै जाओस , १९ जनाको ज्यान गएको पनि जिम्मेवारी तथा सोक केही नभएको देखिन्छ। उल्टो विपक्षले भन्दा राजिनामा दिदैनौ भनेर अहँकार र अटेरी गरेर सरकार वसिरहेको हुन्छ। सामाजिक संजालमा नरसंहार को त्रासती छाइरहेको थियो, सरकार विरुद्ध , सरकारकै पार्टीका कार्यकर्ताको समेत वोल्नै आँटै नभएको देखिरहेको थियो। फाट्ट फुट्ट कोहि जिल्ला तहका कार्यकर्तावाट विरोधको पोष्ट देखिन्थ्यो। ९ वजेतिर सांसद भवन मा फेरि आन्दोलन भएको भिडीयो देख्दा वल्ल अझै आन्दोलन नतुहिएको र निरन्तर चलेकोले घरवाट वाहिर निस्कन नसक्ने सर्वसाधरण वाहिर निस्किरहेका थिए। ११ वज्दा नवज्दै मन्त्रीका घर जलेका घेरेका समाचार आउन थाल्यो। त्यसपछि सुरु हुन्छ आगजनी र घुसपैठ। शेरवाहादरर देउवा निवासमा प्रदर्शनकारीको आगलागी मात्र नभइे भौतिक कारवाही गर्दा नी उसका कार्यकर्ता वचाउने कोहि हुदैनन भलै आवेश थियो नै तर शेरवहादुर केपी ओलि भन्दा अलि नरम र उद्दार नै थिए। पछि मात्र उनका कार्यकर्ताले सद्भावको पोष्ट हालेका देखिन्छन्। वाहिर आमसमुदाय भन्र्दै थिए, केपिको मुखले देशै खायो , उसले त भागेर हिडेर जिउ जोगाएको छ। कोहि भन्छन्, एमालेले कारवाही किन नगरेको होला। रिटायर लाइफमा , त्यो भन्दा नी रोगी र जोकर मान्छेले देश मजाकमा उडायो उडायो त्यस्ता मै वुद्धिजीवी भन्ने कार्यकर्ता पनि उसका दास अझै वनेको देख्दा पार्टि भित्र पनि तानाशाही , चरम चाकडी संविधान रैछ जस्तो भान भयो।
देशैभरिका जेन्जी एउटा नया शक्ति र परिवर्तन हो, जसमा उर्वरता र नया नेपालको चित्र कोर्ने सामर्थ छ र अनौठो जादु जस्तो मास्टर माइन्ड, कला र झमता पनि छ। यो यस्तो युगमा जन्मिएका हुन, उनीहरुले जन्मिनासाथ इन्टरनेट, फेसवुक, टिइटर जस्ता आधुनिक र डिजीटल मा खेलेर हुर्किएका हुन्। यो अहिले नया प्रयोग भएको छ र २४ घन्टामै परम्परा र एकात्मक अहंकारवादलाई परास्त गर्न सफल भएको छ। यो एउटा मोभमेन्ट भएकोले सफल त भएको छ तर शान्तिपुर्वक ल्यान्ड के हुन्छ, त्यो भोली पर्सिको समयले देखाउला। अहिलेलाई नया शतिm, साहस र भविश्यको एउटा सानो किरण , आशा फैलिदै छ भन्न मात्र सकिन्छ। भोलि फेस वुकलाई नै च्यालेन्ज गर्ने नया टाइपको फेस वुक यिनै जेन्जी पुस्ताले वनाउने हो, युटुउव यिनीहरुले वनाउने हुन्, अहिले त सिक्दैछन् आइटी पढ्दैछन्, ए.आइ. पढ्दैछन्। हेरेर र पढेर त सिक्ने हो , पछि राज्यले फेस वुक तथा अन्य विदेशी संजालहरु वन्द गरे्नै पर्दैन, विश्व वजारमा प्रतिस्पर्धामा नेपालका आइटी कम्पनीहरु पनि आउछन्, त्यसैले आउने सरकारले सिकाउने हो , फल्न दिने हो र विश्व वजार सँग फेस गर्ने आइटी इन्जिनियर को हव नेपाललाई वनाउने हो। .....