वालेन शाहको पाथीभरा यात्रा र नेपालको तिर्थयात्रा तथा चारधाम

वालेनको पाथीभरा यात्रा ,नेपालको तिर्थयात्रा तथा चारधाम 

-चुनावी माहौलमा वालेनको पाथीभरा दर्शनले सामाजिक संजालमा तरंड.्ग फैलिरहेको थियो। जनपुरमा जानकी मन्दिर आसापासमा चुनावी सभामा पशुपतिनाथ को नाम कुनै सन्दर्भमा जोडेको लगतै वालेनको पाथीभरा दर्शनको फोटाहरु मिडीयाहरुमा आइरहेको थियो। 



-आजभन्दा ६ वर्ष अगाडि पाथीभरा दर्शन गर्ने क्रममा ठुलो फेदीमा विहानै ४ वजे उठी ताउलोमा तताएको पानीले नुवाई , पाथीभरा मन्दिर को २ घण्टाको उकालो वाटो तर्फ लम्किरहेको थिंए। हुलका हुल दर्शनयात्रीहरु, पाथीभरा मातको जय , ठुलो ठुलो स्वरले भन्दै उक्लिरहेका थिए। मानौ त्यो कुनै विजय जुलुसमा भएको खुशी र उन्मादको माहोल भन्दा कम थिएन। त्यसै भिंडमा म पनि एक सामेल हुँदै मन्दिर तर्फ लम्किरहयौं। 

      - ६ वर्ष अगाडि पाथीभराको दर्शन गरिसकेपछि, फेदीवाट जीपमा ताप्लेजुड. तिर लाग्दै थियौ , कुराको सिलसिलामा जीपका एकजना यात्रीले भन्दैहुनुथ्यो-" ६ चोटी भयो पाथीभरा दर्शन गर्न आएको , खासै म केहि वर माग्दिन, मात्र रक्षा गर्नुस मात्र भन्छु। मेरो जागिरको वढुवा भयो , तलव पनि वढ्यो र श्रीमतीले पनि त्यहि कम्पनीमा जागिर पाईन।" उहाँको विश्वास र आस्था तथा अनुभव हामीले सुनिरहयौं, साच्चै केहि सत र शक्ति भएर त मन्दिरमा भिडभाड हुन्छ....  

-जव भारतको सरकारवाट नेपालको पशुपतिनाथ र भारतको वावाधाम जोड्ने दु्रत मार्गको कुरा आउछ तव हजारौ संप्ख्याका भारतीय र केहि नेपाली यात्रीहरुको  वावाधाम तर्फ लामालर्को गरिरहेको देखिन्छ। त्यसको उल्टो नेपालमा खाली धर्म निरपक्षताको , हिन्दुराष्ट्र्का कुराहरुमा मात्र वादविवाद भइरह्नछ र भएका आस्थाका धरोहर तर्फ खासैको ध्यान नगएको देखिन्छ।

 -यसको वावजुत वालेनले जनपुरमा मैथेलीमा भाषण गर्दा धार्मिक आध्यात्मिक धरोहर पशुपतिनाथ, वौद्ध आदि दर्शन गर्न काठमाण्डौमा जानु पर्ने वाहेक  र अन्य आवश्यक कामको लागि आआफ्नो क्षेत्रवाट हुन्छ , भन्नुले नै धार्मिक पर्यटकको आवश्यकता र तयसलाई वढाउने कुराको संकेत गर्दथ्यो। त्यसको लगतै पाथीभरा दर्शन वालेनले गर्नु नै धार्मिक तथा सास्कृतिक पर्यटनमा जोड दिएको भन्ने कुरा प्रष्टै देखिन्छ। साच्चै भन्नु पर्दा वालेनको पाथीभरा भ्रमण पश्चात् , पाथीभरा भ्रमण गर्नेको संख्यामा वृद्धि भएको देखिन्छ।  वराहाक्षेत्र , पशुपतिनाथ ,रुरु क्षेत्र मुक्तिनाथ लाई नेपालको चारधाम भनिन्छ। 

-अहिले चारधाम भन्नसाथ भारतको  उत्तराखण्डको चारधाम भन्ने वुझिहालिन्छ। यी ठाँउहरुलाई भन्नुपर्दा नेपालको चारधाम भनिरहनुपर्दछ। यसको खासै कुरा परम्परागत , विश्वास र आस्था मा जान्छ। भनिन्छ, भारत यात्रा गर्ने यात्रीहरुमा नेपालको नाम छैटौं स्थानममा आउँदछ। खासै यो आकडामा व्यपार, रोजगारी, प्रसासनिक , तिर्थयात्रा भनेर नखुलाएतापनि अनुपातमा नेपाल अग्रणी स्थानमै आउँदछ। 

-समान किसिमको र्भौगोकिता, धर्म, सस्कृती र पासपोर्ट भिषाको झन्झड र इण्डियामा रेल, वस , हवाईभाडा सस्तो भएको अर्को कारणले गर्दा नी  पर्यटक तथा तिर्थयात्री वढेको हुन सक्छ। भारतमा धार्मिक पर्यटकले ठुलो हिस्सा अर्थतन्त्रमा परेको छ। नेपालका प्रायजसो ट्राभल टुर्सहरुले सामाजिक सजालमा नेपालको चारधाम हुँदै भारतको चारधाम प्याकेज संचालन गर्दा मिनिमम नेपालको चारधामहरुको वारेमा वढी नै चर्चा हुन्थ्यो होला। 

-आशा गरौ देशको भावी प्रधानमन्त्रीले देशको धार्मिक सास्कृतिक धरोहरलाई जिरोद्धार गरी यसको ससक्त  विकास गरे नेपालको अर्थतन्त्र मजवुत हुन्छ । 


Share:

वडीमालिका रामारोसन- वालेनले देखाएका स्वीजरल्याण्ड

   वडीमालिका रामारोसन- वालेनले देखाएका स्वीजरल्याण्ड

एकपटक एक्लै हुम्ला घुम्न जाँदा चंकेली लेक कट्दै ,धार्म देउराली झरी कर्णालीको तिरै तिर जाँदा सर्किघाटमा वास पर्यो। लज वाला साहु , जो स्थानीय ठकुरी थिए , भन्दै थिए "नेपालीज आर पोर पिपुल वट सिलीपिड. अन गोल्ड"। यो भनाई आज आएर जव वालेनले स्वीजरल्याण्डको वाउ नेपालमा छ अथवा स्वीजरल्याण्ड भन्दा चौगुना रमाईला रामारोसन र वडीमालिका भन्दै गर्दा , साच्नी नी हुम्ला सर्किघाटका एक स्थानीय को वोलीमा तालमेल भइरहेको थियो। माल पाएर नी चाल नपाएका हामीहरुलाई अर्थात कस्तुरीले आफ्नो गन्ध थाहा नपाएर , त्यसैको खोजीमा घनचक्कर लगाए जस्तै भएको छ। जव हुम्लाको सेन्टिमेट, वालेनले वोलिरहेका छन्, त्यसैले अव पहिला जस्तो वालेनको शहर नभएर अव वालेनको देश भन्न मन लागिरहेको छ। 


अव वालेनको शहर मात्रै नभएर वालेनको देश हुने भयो । 

वस्तुस्तिथीलाई गहन अध्ययन गरेर डुवेर थोरै मात्र प्रतिक्र्रया दिंदा मात्रै नै वालेनको भिजन आकलन गर्न सकिन्थ्यो। स्वीजरल्याण्ड भन्दा रमाईलो देशलाई , सुन्दर देशलाई फेरि स्वीजरल्याण्ड वनाउछु भन्दा वालेनले वडीमालिका र खप्तड देखाउछन् । पहिला ३ घण्टा , ६ घण्टा भाषण गर्ने नेताले सिंको मात्र नभाँचेको , खाली सिद्धान्त र थियोरीलाई मागी खाने वनाएका नेताहरुलाई , वालेनले नवोलेर नै पेचिलो झापड हान्थे , यो उहाँको खुवी र मेथड दुवै हो। 

जनकपुरमा मिथीला त्यस्तै धनगढीमा सुदुरपश्चिम लवज , काठमाण्डौमा नेवारी संस्कृतीको जर्गेना तथा मन्दिर , प्रचाीन धारा , पाटी पौवाको संभार जस्ता कार्यले वालेनको अनुकरणीय उदारण रहेको छ। 



सामन्ती संस्कारलाई मजासंग हानेको झापड

२०६४ सालमा तल्कालीन माओवादीले चुनाव जित्दा जुन आशा र भरोसा थियो , त्यसको ठीक विपरित मार्सी चामलसँग नाता गास्ने , शहरमा जग्गा व्यापारी र वैकको मिलोमतोमा कृतीम भ्यालुएसनले गर्दा खेरी अहंता जस्ता कुराले शहरमा अवस्थित जनसंख्या, महंगी र वेरोजगारीका समस्याहरु वड्न थाले । माओवादी सामान्तीको भान्सामा भुल्यो , उनीहरुको लवाइ, खुवाई र व्यवहारको नक्कल गर्यो  र पहिलेका पुराना पार्टिका संस्कृती भन्दा वढी कुसंस्कारमा रमाओ। 


अन्तमा :

त्यहि रामारोसन हो पोहोर साल मात्र विदेशीले यसको महत्व थाहा पाएर टेन्ट हालेर वसको थिए। साच्चै नै त्यहा ध्यान साधना गर्ने पाअर र प्राकृतिक वातावरण , त्यसको अध्ययन तथा अनुसन्धान जरुरी छ। त्यहि रामारोसन हो पोहोर साल मात्र विदेशीले यसको महत्व थाहा पाएर टेन्ट हालेर वसको थिए। साच्चै नै त्यहा ध्यान साधना गर्ने पाअर र प्राकृतिक वातावरण , त्यसको अध्ययन तथा अनुसन्धान जरुरी छ। वडीमालिका , खप्तड आदि जस्तो ठाँउलाई इको थेपारी र आध्यात्मिक मोवीवीलीटी को रुपमा विकास गर्नु जरुरत छ। 

Share:

गोर्खाको विकासका मार्गचित्र-Roadmap to develop potential Tourism in Gorkha

  गोर्खाको विकासका नया आयाम  मार्गचित्र 

Photo Credit from Routine of Gorkha Banda 

सुदन गुरु्रड. र खत्रीका आआफ्ना मौलिक विशेषताहरु छन्। सुदन लाई २४ घण्टा भित्र उत्पादन भएको अथवा प्रकट भएको नेता भनेर पनि भन्ने सुनिन्छ र विश्वमा एकदम थोरै समयमा लोकप्रिय भएर नी चुनाव जित्ने अवसर उहाँलाई प्राप्त भएको छ। सुनिन्छ , सुदनको प्रयासले नै रोकिएको वुढी गण्डकीको काम सुचारु हुँदैछ। त्यस्तै प्रेम खत्री , चुनावमा उठ्नु भन्दा पहिले नै विभिन्न समाज सेवा गरेको र आफ्नै निजी प्रयन्तमा ११ वटा एम्वुलेन्स वाड्न सफल भएको चलायामान तथा सफल व्यक्तित्व भनेर चिनीन्छ। तस्वीर आफै वोल्दछ भने झै , उहाँहरुको तस्वीर ले नै वताउँछ , हार जीत दुवैमा उहाँहरु रमाएको । भविश्यमा प्रतिस्पर्धी भन्दा नी फोटोमा जस्तै हातेमालो गरेर अगि वढुन भन्ने आशयको साथमा केहि कुराहरु सेयर गरे:
गोर्खा मनासुलु । गोरखा पर्यटन। ऐतिहासिक दरवार मन्दिर । पदमार्ग तथा घुमफिर

-भच्चेक नागेपोखरी दुधपोखरी नारदकुण्डमा पदयात्रा को स्तर उन्नति तथा वास वस्ने होटल कटेजको व्यवस्था 

-गोरखा र लमजुड.को सिमा रेखा (चेपेनदी)  लिगलिगकोट राइनासकोट 


-फिल्म सिमा रेखामा गोर्खा लमजुड.को मात्र नभएर समस्त नेपालको ईतिहास हो। जसमा भिजुलाईज दृश्यवाट नेपालको संस्कृती राजनिती तथा साहित्यीक कुराहरु एकदम दमदार ढगवाट , जिवन्त रुपमा प्रस्तुत भएको हो , लाग्छ यो लाईभ हिस्ट्री हो। सकिन्छ भने यसको भाग २ पनि वनाउन आवश्यक छ, त्यसमा गोर्खा वाट काठमाण्डौ सम्म जुन विजय यात्रा भनेर पुस २७ गते मनाउदै आएको दृश्यको पनि ठुलो भुमिका हुन्छ तर यसमा अलि सामाजिक सदभाव लाई व्यालेन्स गर्नुपर्ने हुनाले साहेद यो कठिनै भएर होला नवनेको । तर पनि नुवाकोट दरवार लाई देवीघाट र काठमाण्डौको चित्लाड. चन्द्रागिरी तथा इन्द्रजात्रा , कुमारी रथ यात्रा लाई मर्च गरेर पनि गर्न सकिन्छ। 



-हामी चाहन्छौ मनकामना मन्दिर दर्शन गरिसकेपछि , आवु खैरनी नझरीकन विकल्पित तथा द्रुत मार्गवाट गोर्खा कालिका दर्शन गर्न पाइयोस, त्यसपछि गोर्खावाट छोटो दु््रीमा आवुखैरनी नआइकन पोखरा जाने सम्भावित कनेक्टिभ हाइवेको स्थर उन्नति होस्। तार्कुघाट, कुन्छा भोर्लेटार , कर्पुटार वाट वेगनासताल हुदै गोरखा तथा गोर्खावाट नुवाकोटको सामरी भन्ज्याड. , काठमाण्डौको तीनमाने तथा जीतपु्र फेदी सम्मको मार्गलाई विजय मार्गको रुपमा विकास गर्न सकिन्छ। 

  -त्यस्तै गरेर मनासुलु लार्के पास गर्ने पर्यटकको चेक पोइन्ट गोरखा वजारलाई वनाउँदा , गोर्खा मा पर्यटकको चलायमायन हुने कुरालाई नर्कान सकिदैन। यसले गर्दा गोर्खा दरवार , मन्दिर तथा म्युजियम हेर्ने चासो पर्यटकलाई वढी हुन्छ र न्युनतम एकदिनको वसाइ लम्वाउन सकिन्छ। साथै गोर्खाको हस्तकला, सास्कृतिक कुराको विकास तथा जर्गेना हुने कुरामा थप र्हौसला प्रदान गर्दछ। 



-त्यस्तै गरेर भच्चेक नागेपोखरी दुध पोखरी नारद पोखरी जाने वाटामा खाने तथा वास वस्ने कटेज को व्वस्था गर्दा आन्तरिक तथा विदेशी पर्यटको टुर तथा हाइकिड. हव वन्दछ। यसको लागि अहिले वाट नै विशेष अध्ययन तथा लगानी शुरु गर्ने 

--त्यस्तै गरेर गोरखकाली रवर कारखाना तथा पालुड.टार हवाइ मैदान लाइ उपयुक्त ढंगले प्रयोग गर्ने .......

-विभिन्न जात जातिका मौलिक संस्कृती प्रर्दशनमा विशेष प्याकेजको व्यवस्था गर्ने। जस्तै गन्धर्व, मगर नाच , त्यस्तै जात्रा , पुजाआजा , भजन, वालन आदि 

-दरौदी जलयात्रा को अध्यन तथा दरौदी मस्याड.दी जलयात्रा कार्यक्रम संचान गर्न सभ्भावनाको अध्ययन गर्ने 



Share:

किरिया कसम लाई पनि चुनाव प्रचार प्रसार गर्ने दरो हतियार वनाए

कुरा आउँछ झापावाट , वालेन ले चुनाव जित्यो भने म कानै काटिदिन्छु । चुनाव भइसक्यो ,र वालेन ले नै चुनाव जितिसके, ती भन्ने दिदीले कान काट्नु त कहाँ हो कहाँ उल्टै अहिले साइवर क्राइमको मुद्धा हालिदिन्छु पो भन्छिीन भलै उनलाई अहिले वढी नै धरपकड नै भएको छ नै तथापी सामाजिक संजालमा वोलेका कुराहरु भोट परिवर्तन गर्ने दरो हतियारको रुपमा प्रयोग भने भएकै  थियो। यसले अलमल भएका भोटरलाई विचलीत वनाउत्यो र वनायो पनि होला। त्यस्तै एकजना ले त वालेन ले जिते भने , दिशा नै खार्ईदिन्छु भनेर पनि अहिले विना लाज सर्म सहित उल्टै झापाका जनताालाई गाली गरिरहँदा अव कसम अथवा किरिया खानुको अथवा खाने मान्छेलाई समाजले कसरी चिन्ने र किरिया कसम शव्दको दुरुपयोगलाई कसरी व्याख्या गर्ने कुराहरु आएका छन्। 



        अव कुरा गरौ जित्नेको , एकजना उम्मेरदार , जो भन्दैथै वालेनले हारे भने आत्मदाह नै गर्दछु, यदि वालेनले हारेको भए उनले आत्मदाह गर्थे र ??। मानिसहरुले भन्दथे कुनै पनि किरिया कसम खाने मान्छेको त्यति विश्वास नगर्नु। आजभन्दा दुई वर्ष पहिला म कामक्ष्य दर्शन गर्न सिलगुरीवाट रेलमा जाँदै थिए। रेलमा सामान वेच्ने घुमन्ते व्यापारीले सामान विकाउन किरीयमा खाइरहेको थियो। कहिले के कसम , कहिले के कसम , भन्दा भन्दा त परिवारको कसम खाएपछि त सामान ओर्जिनल र सस्तो होला भनेर पाअवर वैंक किनेको थिए। मेरो मुखमा दाँया वायाँका यात्रीह्रुले रहस्यमय पारावाट हेरिरहेका थिए ती मध्ये मणिपुरमा घर खेत भएका, पहिले घर झापा वताउने र उमेर ६० नाघिसकेका भलादमी थिए। पछि ती सामान वेच्ने व्यापारी गइसकेपछि भन्छन् , त्यो मान्छे सामान वेच्ने मान्छेले त्यस्तो कसम धेरै खान्छ, त्यो कसम त उसलाई चिया पानी वरावर नै हो । त्यसपछि मैले भने, हजुरले किन पहिल्यै नभन्नु भएको , त्यसपछि उहाँले भन्नुभयो, तपाई आफै समान किन्नुमा परिपक्व नै हुनुहुन्छ जस्तो लाग्यो , त्यहि पनि वीचमा वोली हाल्न भएन , हजुरले पनि मलाई सोध्नु भएन। मैले पनि भने पैसा त्यति ठुलो त होइन यसको तर अव देखि कसम खानेको विश्वास गरेर सामन चाहि किन्दिन। ६०० हालेको पाअर वैक आर्जिनल भनेर किन्ने म आफै गवार रैछु भनेर चित्त वुझाएको याद अहिले आएर फेरि रियालाईज भएको छ। 

  त्यस्तै गरेर झापामा वालेनको न नाता छ, न जन्म घर , न ससुराली कसरी चुनाव जित्छन भन्ने भाश्यहरु पनि टा्रेल भए , एक हिसाव ले त हो पनि जस्तो । त्यस्तै गरेर केपी ओलीले जस्तो विकास झापामा अरु कसले गनै सकेको छ र , आदि। मलाई मन मनै लाग्दथ्यो , के नया जागिर खाने मान्छेले नियुक्ति नपाएर , पुरानैले आजीवन जागिर खानी हो र । फेरि भन्छन् को छ र नया सवै कांगे्रश एमालेवाट गएका त हुन नी। ल त्यो पनि ठीकै कुरा हो रे , त्यसो भए कांग्रेश एमाले मा अरु नयाँ प्रधानमन्त्री , मन्त्री वन्ने कोही छैनन् त। यहि पार्टी भित्रका निरकुश र हिटलर तन्त्रले नै यो अवस्था आएको हो भन्ने  आम अरुलाई जस्र्तै मलाई पनि लागिरहन्थ्यो। 

........................

  ......  क्रमश 

Share:

Search This Blog

Powered by Blogger.

वालेन शाहको पाथीभरा यात्रा र नेपालको तिर्थयात्रा तथा चारधाम

वालेनको पाथीभरा यात्रा ,नेपालको तिर्थयात्रा तथा चारधाम  -चुनावी माहौलमा वालेनको पाथीभरा दर्शनले सामाजिक संजालमा तरंड.्ग फैलिरहेको थियो। जनपु...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.