रितीरिवाज मनाउनु पनि आन्तिरिक पर्यटकलाई टेवा दिनु हो
घर गोरखा , अस्थायी वसोवास काठमाण्डौं पेशाले पर्यटक प्रवद्धन र पढाईले हयुमनीटीको रिसर्ज विद्धार्थी अथवा पोष्ट ग्राजुएड । यसपाली दशैंमा घर जाने निर्णय , पिकनिकको रुपमा गर्ने निर्णय गरियो ।
आखिर उही गाँउ, त्यहि समाज र त्यहि मनस्थिती , भुगोल। एक मन त अर्कै ठाँउमा घुमघाम गरी दशैको मेमोरी फरक तालले गर्ने थियो , अर्को तिर परम्परा रितीरिवाजको सवाल छ। कलच्रल माक्सिजममा थेसिस गरेको नाताले अथवा कल्चर , घुमघाम मा फेरि अर्को सोधपत्र पनि तयार पार्ने इच्छा तिव्र पनि छ, त्यसैले जे छ , त्यसलाई नै सदुपयोग गर्ने र इनोभेटिभ तरिकाले जाने निणय गरियो।
सदा झै मोटरसाईकलवाट गोरखाको यात्रा गरियो र तिनदिने झरिले वाटो विग्रीउकोले, हिलाम्मे हुँदै केहि थकित भई घर पुगियो।
म अलि भावुक मान्छे भएको महसुुस गर्छु र धेरै चोटी साना साना घटनाहरुले पनि मन दुखित भएको महसुस छ र चाडै अरुलाइै विश्वास गर्ने र वढी इमोसनल हुने साहेद मेरो कमजोरी नै होला। अरुको कामको लागि आफ्नै काम धेरै थाँती राखेको धैरे अनुभव म सँग छन्। यसपाली चाहि धेरै आफुलाई नखुलाई , चेक एण्ड व्यालेन्स अनुसार जानपर्छ भनेर सकेसम्म आफुलाई टाइट राख्ने निर्णयमा पुँगे। सवैलाई न्युट्र्ल ढंगले हेर्ने दृष्टिकोण अनुसार आफ्ना गतिविधलाई सिमीत राँखे ।
एकजना भाई जो मेरो उमेरले नी ६,७ वर्ष कान्छो , जो एक पसलमा दारु पिइरहेको थियो । व्यपारमा र वोलीमा माहिर र अली चण्डाल टाइपको वाठो थियो। उसले मलाई करीव २० चोटी भन्दा वढी नै वियर खान विन्ती गर्यो । खाने मान्छेलाई चाँहि एक गिलास रक्सी पनि दिदैनथ्यो , एकदम टिपनटापन वाँठो। मलाई अचम्म लागिरहयो , मैलै वियर खाएर उसलाई त्यत्रो शान्ति , खुशी मिल्ने के कारण थियो ...भन्दा नी आँलोकाँचो । त्यहाँ अलिकती संस्कारमा गडवढ भएको जस्तो लाग्यो। अर्को दिन त्यस्तै प्रकारको पात्र भेट भयो , जसले पार्टीमा वियरमा वायन मिसाएर मलाई वेजत हुने जासुसी गरेको थियो। सानो उमेरमा चान्स पाएकोले पैसा वढी त कमायो तर सवै पैसा जाँड र तरुनीमा सकाएर , विदेशतिर हानिएको थियो। फेरि पनि पुरानो पाराको कुरा गर्छ , नैतिकताको प्रश्न म तिर तेर्साउछ। आफै वोक्सी , आफै झाँक्री जस्तो, मुखमा चिनी जस्तो कुरा गर्ने खालको । उस्तै परे सम भन्दा वढी व्याज तिरेर , मोटो रकम लिएर फरार हुने खालको अवस्था उसको थियो । इकोनोमिक इन्डेपिन्डेन्ट भन्दैमा आफ्नो दाई, साथीभाई सँग संस्कार अनुसार व्यवहार गर्नु नै राम्रो हुन्छ। राम्रो गर्दा गदै पनि फरक व्यवहार देखाउनु हेप्नु वरावरै नै मानिन्छ। उसको प्रस्तुतीलाई यसपाली शव्दको झटारो नै ठीक पारियो।
घुम्ने क्रममा गोरखा दरवार , म्युजियम , आरती, मनकामना, विन्धयावासीनी मन्दिर , जवविरे झरना , ऐना पहरा आदि ठाँउहरु घुमियो , त्यस्तै सौराहा , नारायणगढ वजार आदि घुमियो।
हाम्रो पालाको हेडमास्टर सँग प्रत्यक्ष भलाकुसारी
घर आएको नौ दिन भइसकेको थियो , पुरानो रितीरिवाज अनुसार नौ दिनमा यात्रा नगनुनै भन्छन्। गोरखाको पहेली थोकमा आरती पुजा थिया , पोखरीको वरपर शिव भजन वजीरहेको थियो। पुणैैको दिन सोमवार थियो। म चाँही गोरखा दरवारको फोटो कहाँवाट राम्रो आउँछ भनेर वरपर डुल्ने क्रममा पोखरी पुँगेको थिए र गोरखाको आरती हेर्नै पहिलो चोटी साईत जुरेको जस्तै भयो। ५ मात्र वज्दै थियो , अझै १ घन्टा समय विताउनु थियो आरतीको लागि। चिया खान भनेर ठुलो आगन गएको , मन्दिर को पेटीमा , चिया पसल आडैमा हामीलाई पढाउने हेड सर भेट भयो।
हामीले क ख पढ्दै गर्दा ठुलो पेट भएको , अग्लो , गोरो सर टाढैवाठ पनि देख्दा डर लाग्दथ्यो र स्कुलवाट १ कि.मी आगाडी देख्दा नी उतिवेला सवै विद्यार्थी डरले कुथुर हुदै कक्षाकोठा तिर दौडदथै। उतिवेला ठुलो पेट भएकालाई खान्दानी भनिन्थ्यो , त्यहि माथी पनि हेट मास्टर। ।।।।।। मैले नमस्कार सर , चिन्नुभयो भने ,उहाँले चिनेको भावमा वोले जस्ता लाग्यो। गोरखाको विकास, प्रगती तथा विभिन्न व्यक्तिहरुको वारेमा केहि वेर चिया गफ गरी , विदा हुँदै आरती हेर्न म लाँगे .. क्रमश:
No comments:
Post a Comment